Logo

Breaking News 1

पूर्वाधार विकास समितिको बैठक आज पनि बस्दै



काठमाडौं । आज (शनिबार) संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।

सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसुचि रहेको छ ।
पूर्वाधार विकास समितिको बैठक शुक्रबार पनि बसेको थियो ।

उक्त बैठकमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले लक्ष्य प्राप्तीका लागि सबै आयोजनाहरु एकैपटक बन्नुपर्ने बताएका थिए ।

हिजो बसेको समितिको बैठकमा उनले विकास निर्माणमा भएको स्रोत साधनमा लगानी गर्न विदेशीहरुलाई गुहार्नुपर्ने अवस्था रहेको बताएका छन् ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ७ : ५९ बजे