Logo

मुख्य समाचार

विष्णुमति पुल पूर्ण रुपमा निर्माणपछि पनि बन्द हुँदा एक खालको रमिता नै भयो : प्रकाश ज्वाला



काठमाडौैं ।  पूर्व  भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विष्णुमति  मोटरेबल पुलको अवलोकन गरेका छन् । शुक्रबार कालिमाटी र टेकु जोड्ने उक्त पुलको ज्वालाले अवलोकन गरेका हुन् ।

अवलोकन  गर्दै उनले विष्णुमति  मोटरेबल पूलमा देखिएका समस्या समाधान गर्न भौतिक पूर्वाधार समिति तयार रहेको बताएका छन् । उनले राजधानीको मुटुमा रहेको विष्णुमति पुल पूर्ण रुपमा बन्दा पनि बन्द हुँदा एक खालको रमिता नै भएको बताए।

उनले भने, ‘राजधानीको मुटुमा कालिमाटी र टेकु जोड्ने र अत्यन्त धेरै ट्राफिक  चल्ने ठाउँ हो । त्यस्तो ठाउँमा चाँही पुल बनेको छ , तर पुल चाँही बन्द छ । यस्तो  हुँदा एक खालको रमिता नै भयो । त्यसैकारण कुनै कानूनी अड्चन, कुनै प्रक्रियागत बाधा, कुनै अरु अप्ठ्याराहरु छन् भने त्यो फुकाउन भौतिक पूर्वाधार समिति उपसमितिको सिफारिसमा फुकाउन तयार छ ।’

साथै  उनले  यो  पुललाई सञ्चालनमा ल्याउन हरेक निकायहरुसँग छलफल गर्नुपर्ने बताए । उनले यो  पुलको  बारेमा छोटो  रिर्पोट तयार पारेर समितिमा प्रस्तुत गरिने समेत बताए ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ८ : १८ बजे