Logo

राजनीति

नेपालमा लगानीको वातावरण कम छ : रामहरि खतिवडा



काठमाडौं ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपालमा लगानीको वातावरण निकै नै धेरै कम रहेको बताएका छन् ।

बिहीबार बुढीगण्डकी हाइड्रोपावर प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै उनले विदेशमा गएर पनि नेपालमा लगानी गरेर नेपाललाई समृद्ध बनाउन सकिने बताएका हुन् ।

उनले भने, ‘नेपालमा लगानीको वातावरण निकै नै धरै कम छ । नीजिमैत्री वातावरण छैन । तर नेपालमै लगानी गरेर नेपाललाई समृद्ध बनाउन चाहीं सकिन्छ ।’

साथै उनले सरकारले ल्याएको अध्यादेशलाई उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स र  सिआएनएनलगायतका संस्थाहरुले समर्थन गरेको बताए । उनले नेपालमा भ्रष्टाचार ठूलो  रोगका रुपमा रहेको बताउँदै भ्रष्टाचार विधेयकलाई  अगाडि लानुपर्ने बताए ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ८ : १८ बजे