काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको अर्थतन्त्रको लागि विद्युतीय गाडिको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
शनिबार एबी मोटर्स ओमडाको शोरूम उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युतीय गाडि हरेक क्षेत्रका लागि फाइदा जनक रहेको बताएका हुन् ।
उनले भने, ‘विद्युतीय समानहरुको जुन प्रवद्धन भैइहरहेको छ यसमा मलाई अत्यन्त खूसी लाग्ने गर्दछ । अब विद्युतीय गाडि नै किन भन्दा नेपालको अर्थतन्त्रको लागि महत्वपूर्ण भूमिका छ । जसले विद्युतीय गाडि प्रयोग गर्नुहुन्छ उहाँको फाईदाको लागि पनि सबैभन्दा महत्वपूर्ण छ । अर्थतन्त्रको हिसाबले विद्युतीय गाडि एकदमै फाइदाजनक छ ।’
साथै, उनले पेट्रोल डिजेलको हाहाकार भएको अवस्थामा पनि हामीसँग विद्युतीय गाडि हुँदा पेट्रोल डिजेलको पर निर्भरता घट्ने बताए । उनले हाम्रो जीवनशैली नै ईलेक्ट्रिकल सिस्टममा कन्र्भट गर्नुपर्ने बताए ।
प्रतिक्रिया