Logo

Breaking News 1

काठमाडौंमा न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्यो



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको जनाएको छ ।

महाशाखाले दिएको जानकारी अनुसार आइतबारको तुलनामा सोमबार बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस देखिएको हो ।

हिजो आइतबार यो तापक्रम ७.८ डिग्री सेल्सियस थियो । आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८ः४५ बजे पुनः मापन हुने छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ९ : १४ बजे