मेष राशि
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्।
बृष राशि
स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ, स्वास्थ्य समस्याले कमजोरी अनुभूति हुनेछ।
मिथुन राशि
अरूको विश्वास गर्दा गोपनीयता बाहिरिन सक्छ। अवसरवादीहरूले फाइदा उठाउन सक्छन्।
कर्कट राशि
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ।
सिंह राशि
अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ।
कन्या राशि
फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।
तुला राशि
रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ।
बृश्चिक राशि
आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ।
धनु राशि
पहिलेको सफलताले हौसला जगाउनेछ। आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ।
मकर राशि
अधिक खर्च हुनेछ र व्यवहार चलाउन पनि कर्जामार्फत धन जुटाउनुपर्ने हुन सक्छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई बाँड्नुपर्ला।
कुम्भ राशि
व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा नयाँ कामतर्फ अग्रसर भइनेछ।
मीन राशि
विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
प्रतिक्रिया