काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । शुक्रबारदेखि काठमाडौंको धुम्बाराहीमा सुरु भएको बैठक आजसम्म बस्ने भएको हो । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ ।
बैठकमा वर्तमान समसामयिक राजनीतिकबारे छलफल हुने बताइएको छ । साथै, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल भैरहेको अध्यक्ष लिङ्देनले जानकारी दिएका छन् ।
बैठकमा अर्थतन्त्र शिथिल र कमजोर भएकोबारे छलफल गरिनेछ । यस्तै, अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित साङ्गठनिक अवस्था र जिल्ला अधिवेशनहरू बारेमा छलफल हुनेछ ।
प्रतिक्रिया