Logo

Breaking News 1

आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली



काठमाडौं । हाल देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ ।

अहिले तराईका धेरै भागमा हुस्सु लागेको छ भने यो क्रम यो साताभर रहने महाशाखाले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । आगामी २४ घण्टामा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ७ : ३८ बजे