काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका उत्कृष्ट कार्यरत कर्मचारीहरूले आगामी माघ महिनाको ७ गतेदेखि ९ गतेसम्म भारतको मुम्बईस्थित भारतीय बीमा संस्थानमा अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यक्रमको अवसर पाएका छन्। भारतीय बीमा संस्थान, जो बीमा शिक्षा र तालिममा प्रमुख राष्ट्रिय संस्था हो, यस कार्यक्रमको आयोजना गर्दैछ।
प्रशिक्षण कार्यक्रममा सहभागी हुने कर्मचारीहरूलाई बधाई दिंदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले भने, “यस प्रकारका अन्तर्राष्ट्रिय तालिमले कर्मचारीहरूको व्यक्तिगत र पेशागत विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँछ।” उनले सहभागी कर्मचारीहरूलाई प्रशिक्षणमा सिकेका ज्ञानलाई आफ्नो काममा लागू गर्दै अन्य सहकर्मीहरूसँग साटासाट गर्न आग्रह गरे।
तीन दिने प्रशिक्षणमा बीमासम्बन्धी कर्मचारीहरूको सीप र व्यवहारिक ज्ञान वृद्धिका लागि बजार प्रवद्र्धन, बिक्री, वितरण माध्यम व्यवस्थापन, संचार कौशलता, र परामर्शका विषयहरू समावेश गरिएको छ।
यस कार्यक्रमको अवसरमा कम्पनीका शाखा प्रबन्धक, एरिया म्यानेजर, क्षेत्रीय प्रबन्धक र प्रदेश प्रमुखहरू सहभागी भएका छन्।
प्रतिक्रिया