Logo

मुख्य समाचार

आज दुई संसदीय समितिको बैठक बस्दै



काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।

जसअन्र्तगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १०ः३० बजे बस्दैछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

यस्तै, आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको कामकारबाहीको हालको अवस्थामा छलफल हुदैछ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ८ : ४४ बजे