काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले आज नियुक्त भएका भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साका अध्यक्ष तबरेज अहमदलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका छन् ।
मन्त्री यादवले सामाजिक सञ्चालन मार्फत अध्यक्ष अहमदलाई बधाई तथा शुभकामना ज्ञापन गरेका उनका स्वकीय सचिवालयले जनाएको छ ।
“जनता समाजवादी पार्टी (जसपा) का युवा नेता श्री तबरेज अहमदज्यू पुनः भूमि आयोग पर्साको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई एवं सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु । तपाईको अनुभव र दूरदृष्टिले भूमि आयोग पर्साको नेतृत्वलाई अझ प्रभावकारी र जनमुखी बनाउने विश्वास छ । यसअघि पनि अध्यक्षका रूपमा तपाईद्वारा गरिएको उत्कृष्ट कामले आयोगलाई नवनिर्माण र भूमिसम्बन्धी समस्या समाधानतर्फ मार्गदर्शन गरेको सबैलाई स्मरणीय छ । तपाईको यो कार्यकाल पनि जनताको हित र न्यायको पक्षमा उदाहरणीय रहोस् भन्ने कामना गर्दछु ।” मन्त्री यादवले सामाजिक सञ्जालमार्फत उक्त शुभकामना उल्लेख गरेका छन् ।
प्रतिक्रिया