Logo

समाचार

माघे संक्रान्ति पर्वमा दुई दिन सार्वजनिक विदा



रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले माघे संक्रान्ति पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ ।

चन्द्रपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा नगर उप– प्रमुख जयमाला चौधरीको तर्फबाट दुई दिन सार्वजनिक विदा दिएको हो । नेपालीहरुको पर्व माघे संक्रान्ति (माघी पर्व) को अवसरमा माघ १ र २ गते सार्वजनिक विदा दिएको सूचनामा उल्लेख गरिएको छ ।

नगर उप–प्रमुख चौधरीद्धारा हस्ताक्षरित सूचनामा २०८१ माघ १ र २ गते सार्वजनिक विदा दिएकाले सो दिन चन्द्रपुर नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा मातहतका सम्पुर्ण कार्यालयहरुमा विदा रहने व्यहोरा उल्लेख गरीएको छ ।

चन्द्रपुर नगरपालिकाको  जुडिवेला, सन्तपुर, मोथियाही, बसन्तपुर, राजपेडा लगायतमा थारुको बहुल्यता रहेको छ ।

थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने माघे संक्रान्तिका दिन ठुलो परिवारका थारु समुदायका परिवार एक ठाउँ सगोलमा बस्ने वा छुट्टिएर बस्ने भन्ने निर्णय गर्ने गर्दछन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ५ : ३१ बजे