Logo

कर्पोरेट

डीएल अपलोडलाई ग्लोबल आईएमई बैंकको स्टार्टअप अवार्ड



काठमाडौं ।  नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको ग्लोबल आईएमई बैंकद्वारा प्रस्तुत एनवाईईएफ स्टार्टअप अवाड्र्स ४.० रूपमा सम्पन्न भएको छ ।

नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव स्वरूप आयोजित यस कार्यक्रमलाई काठमाडौँको ह्यात रेजेन्सी होटल, चाबहिलमा भएको थियो । उक्त  कार्यक्रममा १५० भन्दा बढी विशिष्ट पाहुनाहरूको सहभागिता रहेको थियो ।

यस वर्षको विजेता डीएल अपलोडलाई रु. ४,००,००० नगद पुरस्कारसहित प्रतिष्ठित स्टार्टअप अवार्ड प्रदान गरियो । उपविजेताको रुपमा मेल्ट डाउनलाई रु. २,००,००० नगद पुरस्कार प्रदान गरियो भने खेतीपाती अर्गानिक्सले अडियन्स पिक अवार्ड जित्दै रु. १,००,००० प्राप्त ग¥यो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपहरूलाई आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए । यस्तै प्राडा शिवराज अधिकारीले स्टार्टअपहरूलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता रहेको पनि औँल्याए ।

एनवाईईएफ काठमाडौँ च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाले नेतृत्व गरेका थिए ।

सात उत्कृष्ट स्टार्टअपहरू

⁠डीएल अपलोड

मेल्ट डाउन

खेतीपाती अर्गानिक्स

ज्ञान बजार

ई–कागजपत्र

माच२० अर्बिटल्स

स्मार्टपालिक

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ९ : ३३ बजे