पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने थुनामुक्तको आदेश भएपछि समर्थकहरुले खुशीयाली मनाएका छन् ।
लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरुले खुशीयालीमा पोखरामा जुलुश समेत निकालेका छन् ।
समर्थकहरुले ‘यो जीत कसको जनताको, रवि दाइ हाइहाइ’ नारा लगाएका थिए । बिहीबार न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
उनलाई धरौटी बुझाएलगत्तै प्रहरीले काठमाडौं ल्याउने तयारी भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा काठमाडौं अदालतमा छ ।
कास्कीबाहेक काठमाडौं, चितवन, रूपन्देही र पर्सामा समेत उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको हो । बिहीबार नै आदेश आउने भएपछि रास्वपाका नेता तथा कार्यकर्ता अदालत परिसर पुगेका थिए ।
प्रतिक्रिया