Logo

Breaking News 1

नेपाल एकीकरणको अपूर्णतालाई पछिल्लो ‘जनक्रान्ति’ले पूर्ण गरेको छ : बस्नेत



काठमाडौं । नेकपा माओवादीका उपमहासचिव एवम पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले नेपाल एकीकरणको अपूर्णतालाई नेपालमा भएको पछिल्लो ‘जनक्रान्ति’ले पूर्ण गरेको बताएका छन् । बिहीबार पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपालको एकीकरण तत्कालको समयका लागि बस्तुगत आवश्यक्ता थियो । त्यसका केही सीमाहरु थिए । तर ति सीमालाई पूर्ति गर्ने काम पछिल्लो समय नेपालमा भएको ‘जनक्रान्ति’ले गरेको छ । त्यसबेला अलिकति केन्द्रिकृत र एकात्मक चरित्र बन्न पुग्यो राज्यको । नेपाली समाजको बस्तुगत अवस्था र सामाजिक परिवेश, त्यसको ऐतिहासिक पक्ष, त्यसको रिल्फेक्सन हाम्रो राज्यको स्वरुप र चरित्रमा हुनुपर्ने थियो । राज्यको स्वरुप र चरित्रमा इतिहासको रिल्फेक्सन ठिक ढङगले हुन नसकेको अवस्था थियो । जसका कारण केही सीमा र अपूर्णता थिए । त्यसलाई नेपाली जनक्रान्तिले पूर्णता दिने काम गरेको छ ।’

उनले इतिहासलाई इतिहासकै चेतनाबाट अध्ययन गरिनुपर्ने र बर्तमानलाई बर्तमान कै आवश्यकताबाट अध्ययन गरिनुपर्ने बताए ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ४ : ३८ बजे