Logo

बागमती प्रदेश

नेतृत्व गर्नेहरुको मति ठिक भएन् : गगन थापा



काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेतृत्व गर्नेहरुको मति ठिक नभएकाले गति पनि ठिक नभएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको प्रथम अधिवेशनको उदघाटन कार्यक्रममा उनले सबैजना भ्रष्टाचारमा गाजिएको भन्दै जनताको विश्वास भएपनि ठिक तरिकाले विकास र परिवर्तन गर्न नसकेको बताए ।

उनले भने, ‘नेतृत्व गर्नेहरुको मति ठिक नभएको हुनाले गति पनि ठिक नभएको मलाई लागेको छ । मति ठिक नभएको कुरा खासगरि भ्रष्टाचारसँग जोडिएको छ । आम नागरिकले के सोच्छ भ्रष्टाचारकै कारणले गर्दा गति लिन सकेको छैन् । नत्र हामीलाई विश्वास नगरेको हो र विश्वास भएपनि किन ठिक तरिकाले विकास र परिवर्तन गर्न सकिरहेका छैनौं । भ्रष्टाचारले गर्दा, भ्रष्टाचारले यसरी गाँज्यो की ठिक गति समात्न सकेनौँ । यही तीन वर्षभित्रमा नेपाली समाज भ्रष्टाचारका सन्दर्भमा अहिले जुन अवस्थामा छौँ । त्यसलाई न्यून गर्नेतर्फ काम गरेर देखाउनु पर्नेछ ।’

यसको साथै, उनले जनताले सुनेका जति पनि काण्डहरू छन् त्यसको लामो लिस्ट बनाएर सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै त्यसमा जतिसुकै शक्तिशाली प्रधानमन्त्री, मन्त्री भएपनि नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले नछोड्ने बताए ।

१५ वर्षपछि २० वर्ष पछि भएपनि छोड्दैन भन्ने मानक स्थापित गर्न सक्यो भने नौ जवानहरूलाई देश ठिक बाटोमा गयो भन्ने अवस्था बन्छ ।’

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १० : १० बजे