रौतहट । बारा र पर्साका स्थानीय तहले चिसो बढेसँगै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेका छन् ।
पर्साको वीरगन्ज महानगरपालिका सहित १२ वटा पालिकाहरूले विद्यालयहरूमा जाडो बिदा दिएको छ । बाराको दुई पालिकाले पनि बिदा दिएको हो ।
बाराको सुवर्ण गाउँपालिका र करैयामाई गाउँपालिकाले जाडो बिदा दिएको सूचनामा उल्लेख छ । करैयामाई गाउँपालिकाको निर्णय अनुसार तीन दिनका लागि शैक्षिक संस्था बन्द रहने भएको छ ।
चिसो बढेका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै शिक्षक र अभिभावकहरूबाट गुनासो आएपछि गाउँपालिकाले पठनपाठन बन्द गर्ने निर्णय गरेको करैयामाई गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
अत्यधिक चिसोले सुवर्ण गाउँपालिकाले २६ गते सम्म बिधालयहरुमा बिदा दिएको सूचनामा उल्लेख छ ।पर्साको बिरगंज महानगरपालिकाले विद्यालयहरूमा तिन दिनका लागि जाडो बिदा दिएको जनाएको छ ।
विगत केही दिनदेखि बढेको चिसो र बाक्लो हुस्सुको कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहले बाल बालिकाको स्वास्थ्यको ख्याल गर्दै बर्षे बिदा बाट कट्टा हुने गरि जाडो बिदा दिइएको उल्लेख गरेको छ ।
प्रतिक्रिया