Logo

Breaking News 1

तस्बिरमा गोकर्णेश्वर महादेवको मन्दिर



गोकर्णेश्वर महादेवको मन्दिर वाग्मती अञ्चलमा पर्ने काठमाडौ जिल्लाको गोकर्णमा अवस्थित छ । यो मन्दिर नेपालकै एक प्राचीन र महत्त्वपूर्ण मन्दिर हो । यो मन्दिर पवित्र वाग्मती नदीको किनारमा अवस्थित छ । 

गोकर्ण धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि एक प्रसिद्ध र महत्त्वपूर्ण गन्तव्यस्थल हो । वाग्मती, चन्द्रमती र सूर्यमतीको त्रिवेणी सङ्गम र गोकर्ण वनले बनाएको सुरम्य वातावरणयुक्त स्थलमा भगवान् गोकर्णेश्वर महादेवको भव्य मन्दिर छ । 

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १० : ०१ बजे