काठमाडौं । बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काइएको छ। उडान नं ९५३ को कलसाइन नाइनएन९एजेएस० भएको उक्त विमान झापाको भद्रपुरका लागि उडेको थियो।
विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि विमानलाई सुरक्षित रुपमा काठमाडौं फर्काइएको थियो। विमानस्थलमा अवतरण गर्ने क्रममा प्राविधिक टोलीले विमानको जाँच गरिरहेको छ।
बुद्ध एयरका अनुसार, उक्त विमान सवा ११ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरिएको जानकारी दिएका छन्। विमान काठमाडौंबाट १० बजेर ३८ मिनेटमा उडेको थियो र आधा समयमा नै फर्काइएको हो।
प्रतिक्रिया