Logo

राजनीति

एमाले केन्द्रीय कमिटी बैठकः  प्रतिवेदनहरुलाई छलफलमा लगियो 



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सबै प्रतिवेदनहरुलाई  छलफलमा लगिएको छ । बैठकमा छलफलका निष्कर्षहरुलाई अध्यक्ष र महासचिवले जवाफ दिएर मंगलबार बैठक सकिने नेता महेश बस्नेतले बताए ।

उनले भने, ‘बैठकमा सबै प्रतिवेदनहरुलाई छलफलमा लगिएको छ । छलफलका निष्र्कषहरुलाई अध्यक्ष र महासचिवले जवाफ दिएर भोलि या पर्सिमा बैठक सकिने छ । हामी कार्यतालिकका साथ अगाडि बढेका छौं । ’

यसैगरी केन्द्रीय कमिटी बैठकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बस्नेतले भीम रावल एमालेमा फर्किने सम्भावना नरहेको बताए । उनले लामो समयदेखि  एमालेमा योगदान दिएका नेता रावलले अनेक कोणबाट एमालेलाई प्रहार गर्न खोजेको बताए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ७ : ४८ बजे