काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बिहान ८ बजे र केन्द्रीय समितिको बैठक दिउँसो १ बजे धुम्बाराही स्थित एक ब्याङ्केटमा बस्ने भएको छ ।
शनिवार २ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएपछि आज बस्न लागेको हो । केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । सोही राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन स्थायी कमिटी बस्न लागेको हो ।
प्रतिक्रिया