काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकाकारण अहिले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भागमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । मध्य र पश्चिम तराईका थोरै स्थानहरुमा भने हुस्सु र कुहिरो लागिरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्र र पहाडी क्षेत्रमा सामान्य बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।
आज राति भने गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा बदली रही हल्का वर्षाको सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम सफा रहने सम्भावना रहेको छ ।
प्रतिक्रिया