काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक विषयको बारेमा छलफल र विभिन्न प्रदेशबाट सभापति र महामन्त्रीले रिपोटिङ् दिने काम सम्पन्न भएको छ ।
शनिबार बसेको बैठक समसामयिक राजनीतिक विषय र स्थानिय तह उपनिर्वाचनमा भएका कमि कमजोरीहरुसहति आत्मालोचना र आत्मसमिक्षा गर्ने काम भएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशको सभापति राजन गौतमले जानकारी दिएका छन् ।
उनले भने, ‘आजको बैठकमा समसामयिक राजनीतिक विषयको बारेमा बृहत छलफल गरेका छौ । विभिन्न प्रदेशबाट सभापति र महामन्त्रीले रिपोटिङ् दिने काम भयो, मंसिर १६ मा सम्पन्न भएको स्थानिय तह उपनिर्वाचनमा भएका हाम्रा कमि कमजोरीहरु सहति आत्मालोचना र आत्मसमिक्षा सहित अगामी दिनमा पार्टीलाई कसरी बलियो बनाउने र जनता माझ कसरी जाने भन्ने विषयमा छलफल भयो ।’ यस्तै, संगठनलाई कसरी बलियो बनाउने भन्ने विषयमा पनि छलफल भएको उनको भनाई छ ।
प्रतिक्रिया