Logo

Breaking News 1

डा. कोइरालाले बेलायतको संसद भवनमा हुने कार्यक्रममा सम्बोधन गर्ने



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायतको संसद(वेस्ट मिनिस्टर) मा सम्बोधन गर्ने भएका छन् ।

उनले यही १३ जनवरी २०२५ का दिन संसद भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्वोधन गर्न लागेका हुन् ।

संसदको त्यो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा बाणिज्य मन्त्रीका साथै वेलायती सांसदहरूको उपस्थिति रहने छ ।

नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार बाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन् ।

वेलायतको संसद भवन भित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई संवोधन गर्ने अवसर पाउने शेखर कोइराला पहिलो नेपाली नेता हुन् ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १२ : ३७ बजे