Logo

बागमती प्रदेश

सागरपथ टोलबिकासमा पुनः थिङ्ग



 हेटौंडा । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा स्थित सागरपथ टोलविकास संस्थाको अध्यक्षमा पुनः सूर्यबहादुर थिङ्ग चयन भएका छन् । थिङ्गको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

कार्यसमितिको उपाध्यक्षमा नरेन्द्र लोप्चन चयन भएका छन् भने सचिवमा बुध्दिनाथ न्यौपाने चयन भएका छन् । यसैगरी सहसचिवमा अशोक थिङ्ग , कोषाध्यक्ष पदमा अमिर लामालाई चयन गरिएको छ । यस्तै सदस्य पदमा शुक्र बहादुर बिक, जुना डिम्डुङ्ग, पन्चमाया घलान, बिमला रानामगर, सागर सुनार र हरिलाल सुनार चयन भएका छन् ।टोलविकास संस्थाको तेस्रो अधिवेशन तथा चौथो वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । सूर्यबहादुर थिङ्गको सभाध्यक्षतामा भएको अधिवेशन तथा साधारण सभामा हेटौंडा उपमहानगर पालिकाकी नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा हेटौंडा ११ कि वडाध्यक्ष जुना दाहाल , टोलविकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार स्रेस्ठ , हेटौंडा ११ वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य, सिमल्टार टोलविकास संस्थाका अध्यक्ष सूर्यमान लामा, तल्लो थानाभर्याङ्ग टोलविकास संस्थाका अध्यक्ष सम्शेर बानियाँ लगायतकाको उपस्थिति रहेको थियो । हेटौंडा । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा स्थित सागरपथ टोलविकास संस्थाको अध्यक्षमा पुनः सूर्यबहादुर थिङ्ग चयन भएका छन् । थिङ्गको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।कार्यसमितिको उपाध्यक्षमा नरेन्द्र लोप्चन चयन भएका छन् भने सचिवमा बुध्दिनाथ न्यौपाने चयन भएका छन् । यसैगरी सहसचिवमा अशोक थिङ्ग , कोषाध्यक्ष पदमा अमिर लामालाई चयन गरिएको छ । यस्तै सदस्य पदमा शुक्र बहादुर बिक, जुना डिम्डुङ्ग, पन्चमाया घलान, बिमला रानामगर, सागर सुनार र हरिलाल सुनार चयन भएका छन् ।

टोलविकास संस्थाको तेस्रो अधिवेशन तथा चौथो वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । सूर्यबहादुर थिङ्गको सभाध्यक्षतामा भएको अधिवेशन तथा साधारण सभामा हेटौंडा उपमहानगर पालिकाकी नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियोे ।कार्यक्रममा हेटौंडा ११ कि वडाध्यक्ष जुना दाहाल , टोलविकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार स्रेस्ठ , हेटौंडा ११ वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य, सिमल्टार टोलविकास संस्थाका अध्यक्ष सूर्यमान लामा, तल्लो थानाभर्याङ्ग टोलविकास संस्थाका अध्यक्ष सम्शेर बानियाँ लगायतकाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ११ : १३ बजे