Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवस् डिजिटल बैंकिङ्ग सेवामा सुरक्षित विस्तारको अपील



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। बैंकले २०६३ सालको पौष १८ गते स्थापना भएको र बिहीबारदेखि १९औं वर्षमा प्रवेश गरेको छ।

कर्पोरेट कार्यालय, कमलादीमा आयोजित विशेष कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जर र व्यवसाय विस्तारसँगै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकता दिँदै बैंकको सेवा प्रविधिमैत्री बनाउने कुरामा जोड दिएका छन्। उनले भने, “डिजिटल प्रविधिलाई अंगिकार गर्दा सुरक्षा सँगै त्यसको सन्तुलन बनाउनु पर्छ।ू

अध्यक्ष ढकालले बैंकले आफ्नो १८ वर्षमा प्रमुख वित्तीय सूचकहरूमै उत्कृष्टता हासिल गरेको बताए। साथै, नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीतिहरूको पालन गर्दै बैंक अहिलेको स्थानमा आएको उल्लेख गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले भविष्यमा ग्राहकको सेवा र सन्तुष्टि अझ गुणस्तरीय बनाउन प्रतिबद्धता व्यक्त गरे।

यस अवसरमा १५ वर्ष सेवा गरेका १६६ कर्मचारीलाई सम्मानित गरिएको थियो। बैंकले ३५५ शाखा कार्यालय, ३८४ एटीएम, ६८ एक्सटेन्सन सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ। साथै, ग्लोबल आइएमई बैंकले नेपाल र विदेशमा रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ।

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मान प्राप्त भएको छ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ७ : ३७ बजे