काठमाडौं । बीमा क्षेत्रको सुधार र सशक्तीकरणका लागि समर्पित संस्था ‘बीमा दोकान’ले आज छैठौं वर्ष पार गर्दै सातौं वर्षमा प्रवेश गरेको छ। ६ वर्षको यात्रा पूरा गरिसकेपछि, संस्थाले हजारौं ग्राहकलाई बीमा सेवाहरू उपलब्ध गराएको जानकारी दिएको छ।
बीमा दोकानका प्रवक्ता अनुसार, संस्थाले बीमा क्षेत्रका कमिकमजोरिहरूलाई सुधार्ने लक्ष्य राखेको छ। यसका मुख्य स्लोगन “बीमा, बचत र लगानी एक साथ” रहेको छ। बीमा क्षेत्रको परम्परागत पद्धतिमा परिवर्तन ल्याउँदै, बीमा दोकानले बजारमा आफूलाई छुट्टै पहिचान बनाउन सफल भएको छ।
त्यसैगरी, संस्थाले अहिले बीमा सेवा दैनिक ईएमआई मार्फत उपलब्ध गराउँदै, बीमाबाट बञ्चित रहेका व्यक्तिहरुलाई पनि यसको दायरा भित्र ल्याउन मद्दत पुर्याएको बताइएको छ। यस कार्यले बीमा क्षेत्रमा नयाँ क्रान्ति ल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ।
बीमा दोकानले भविष्यमा पनि बीमा क्षेत्रको विकास र सुधारका लागि कार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया