Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआर मर्चेन्टलाई उपहार योजना



काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध क्यूआर कोड मर्चेन्टलाई लक्षित गर्दै क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती खाता जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ।

बैंकले यस योजनालाई पौष १८ गतेदेखि माघ १८ गतेसम्म सञ्चालन गर्ने जनाएको छ। यस योजनाअन्तर्गत, हालसम्म कारोबार नगरेका मर्चेन्टले फोनपे क्यूआर कोडमार्फत् रु। १८० वा सो भन्दा बढीको भुक्तानी प्राप्त गर्दा १८ भाग्यशाली मर्चेन्टले दैनिक रु। १८० क्यासब्याक प्राप्त गर्नेछन्। साथै, योजनाअवधिमा क्यूआर कोड मार्फत भुक्तानी लिने मर्चेन्टहरु मध्य हरेक हप्ता एक जना मर्चेन्टले स्मार्टफोन जित्ने छन्। यसरी योजना अवधिमा ४ जना मर्चेन्ट स्मार्टफोन जित्ने छन्।

विशेष बम्पर उपहार अन्तर्गत, एक जना भाग्यशाली मर्चेन्टले १ लाख रकमको ३ महिने मुद्दती खाता जित्ने अवसर पाउनेछन्।

ग्लोबल आइएमई बैंकले १८ वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गरेको अवसरमा यो योजना सार्वजनिक गरेको हो। बैंकले हाल विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ र ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित भएको छ।

ग्लोबल आइएमई बैंक नेपालका ७७ जिल्लामा शाखा सञ्जाल रहेको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले ३५५ शाखा कार्यालय, ३८४ एटीएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन र राजश्व संकलन काउन्टर, साथै ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय मार्फत् १,१०० भन्दा बढी सेवा केन्द्रमा ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

यस बैंकले नेपाली नागरिकलाई बैंकिङ्ग सेवाका साथै विश्वभरका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ५ : ०३ बजे