काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा कार्डधारी ग्राहकहरूलाई दराजमा १८ प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ। यो योजना पौष १८ गतेदेखि २४ गतेसम्म लागू हुनेछ।
यस योजना अन्तर्गत ग्राहकहरूले बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १८ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। न्यूनतम रु. १,८०० को खरिदमा १८ प्रतिशतको छुट प्राप्त हुनेछ, र बैंकले १८ जना ग्राहकलाई एयरबड दिनेछ।
ग्लोबल आइएमई बैंकले विभिन्न समयसापेक्ष योजनाहरू मार्फत आफ्ना ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ। यस बैंकले हालै ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत नेपालका सर्वश्रेष्ठ बैंकको रूपमा सम्मान प्राप्त गरेको छ।
नेपालका ७७ जिल्लामा १,१०० भन्दा बढी सेवा केन्द्रहरूसँग यस बैंकले व्यापक सेवा प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया