Logo

मुख्य समाचार

 अब ऐन र नियमावली भन्दा अरु कुरालाई हामीले निर्माण गरेर काम नगरौँ : मन्त्री भट्टराई



काठमाडौं । शिक्षामन्त्री विद्या भट्टाराईले ऐन र नियमावली भन्दा अरु कुरालाई निर्माण गरेर काम नगर्न आग्रह गरेकी छन् ।  बुधबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले ऐन र नियमावली भन्दा बाहिर जाँदा कामहरुमा राम्रो परिणाम दिन नसकेको बताएकी हुन् । 

उनले भन्नि, ‘ धेरै कुराहरु मैले सुझावको रुपमा लिएको छु , हामीले यो निर्देशिका, मापडण्ड कार्यविधीहरु एकदमै धेरै नै भयो । सबैले भन्नुभयो अब ऐन र नियमावली भन्दा अरु कुरालाई हामीले निर्माण गरेर काम नगरौँ, जसले दुई वटा समस्या हुने भयो, एउटा चाँही ऐन र नियमावलीमा के छ ? भन्ने कुरा नहेरीकन तत्कालिक आवश्यकताका आधारमा कार्यविधी बनाउने, निर्देशिका बनाउने ,मापडण्ड बनाउने, अर्काे कुरा त झन त्यो बनाउनैको लागि समय खर्चिँने अनि कार्यन्वन गर्ने बेलासम्म बनाउने बसिरहने अवस्थाले परिणाम दिन सकेन।’

यसैगरी राष्ट्रिय परीक्षा बोर्डलाई मजबुत बनाउनुपर्ने बताइन् । उनले विद्यार्थीहरुको परीक्षालाई चुस्त दुरुस्त बनाउन राष्ट्रिय बोर्डलाई मजबुत बनाउनुपर्ने बताएकी हुन् ।

उनले  भन्नि , ‘तीन वटा परीक्षा बोर्डहरुमध्ये परिक्षालाई चुस्त दुरुस्त बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई मजबुत बनाउनुपर्छ । राष्ट्रिय परीक्षा बोर्ड १२ कक्षामा मात्र लिने गरि जानुपर्छ, अरु हामी १० कक्षासम्मको प्रदेशलाई नै हस्तान्तरण गर्नुपर्ने सोचेका छांै, यसका विषयमा विधेयकमा छलफल भैइराखेको छ । ’

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ७ : १० बजे