Logo

राजनीति

नेकपा एस र वामदेवबीचको वार्ता सहमति नजिक



काठमाडौं । नेकपा एकीकृत समाजवादी र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीचको वार्ता सकारात्मक भएको छ ।

मंगलबार आलोकनगरमा शिर्ष नेतासँग भएको छलफलपछि भएको सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गौतमले वार्ता धेरै सकारात्मक रहेको भन्दै चाँडै पार्टी एकता हुने जानकारी दिए ।

उनले भने, ‘टुंगिएको नभनौं, तर धेरै सकारात्मक कुरा भएको छ । समझदारी विकास गर्ने सहमती भएको छ । अब छिट्टै पार्टी एकता हुनेछ । धेरै समय कुर्नु पर्दैन अब ।’

गौतमका अनुसार छलफल सहमति नजिक पुगेको छ । आज भएको छलफल र जुटेका सहमतिका बारेमा आफूले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको बैठक बोलाइने र त्यसबाट अनुमोदन गरेपछि बाँकी काम सम्पन्न गर्ने उनले बताए।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ६ : ५९ बजे