Logo

मुख्य समाचार

प्रतिनिधिसभाका नवनियुक्त सचिव राईले लिए सपथ



काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको सपथ लिएका छन् ।

मंगलबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा सभामुख देवराज घिमिरेसमक्ष सचिव राईले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय लगायतको उपस्थिति थियो ।

सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार झापाको शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ५ : ०३ बजे