मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिईएको छ । आइतबार साँझ मनहरी–५ वसन्तपुरमा बाघको आक्रमणबाट ७२ बर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको थियो भने आईतबार राति नै सोही स्थानका सूर्यबहादुर मोक्तानको गोठमा रहेको ७ वटा बाख्रालाई समेत आक्रमण गरेर मारेको थियो ।
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको मनहरीमा बाघको आक्रमण बढेपछि निकुञ्जका टोली बाघ नियन्त्रणमा जुटेको थियो । बाघले मारेको बाख्राको पासो थापेर निकुञ्जका डार्ट टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।
बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जका ४ वटा हात्ति प्रयोग गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिएका छन् । उनका अनुसार उक्त बाघलाई पर्सा वन्यजन्तु आरक्षणमा लगिएको छ ।
प्रतिक्रिया