Logo

Breaking News 1

चिनियाँ बजारमा न्यानो ज्याकेटको बिक्री बढ्यो



एजेन्सी । चीनमा जाडोमा प्रयोग हुने बाहिरी ज्याकेटको बिक्री बढेको छ । फेसनका रुपमा लिइने थ्री–इन–वन बाहिरी ज्याकेट सबै उमेर समूहका मानिसहरुले रुचाएका पनि छन् ।

धेरै विक्री भएका ज्याकेटहरु वाटरप्रूफ खोल र भित्री भागमा तातो ऊन समावेश गरिएको छ । यस्ता ज्याकेटहरु बाहिर र भित्र अफिसमा काम गर्नेहरुले पनि रुचाएका छन् ।

ग्राहकहरुले यस्ता ज्याकेटलाई कार्यस्थलमा बढी उपयोगी ठानेका छन् भने फेसन र स्टाइलिश पनि भनेका छन् । यस्ता ज्याकेटहरुको माग बढेसँगै पूर्वी चीनको झेजियाङ प्रान्तको सानमेन काउन्टीमा, स्थानीय ज्याकेट निर्माताहरू नयाँ अर्डरहरू लिनका लागि व्यस्त भएका छन् ।

प्रमुख चिनियाँ ई–कमर्स प्लेटफर्महरुका अनुसार बाहिरी ज्याकेटको अनलाइन बिक्री सेप्टेम्बरदेखि नोभेम्बरको तीन महिनाको अवधिमा तीन गुणाले बढेको छ । (सीसीटीभीप्लस)

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ६ : २० बजे