Logo

मुख्य समाचार

‘ड्रागन बोट रेस फेस्टिभ’ नेपाललाई पर्यटकिय गन्तव्यको रुपमा प्रचार गर्ने महत्वपूर्ण कदम हो : मुख्यमन्त्री पाण्डे



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ड्रागन बोट रेस फेस्टिभलले नेपालको सरकारी निकायहरु  र नेपालस्थित चिनियाँ राजदूतावासबीचको सशक्त सहकार्य र साझेदारीलाई प्रतिबिमित गरेको बताएका छन् । 

सोमबार पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ मा बोल्दै उनले यो खेलकुद कार्यक्रम मात्रै नभैइ सांस्कृति आदानप्रदनको लागि एउटा राम्रो मञ्च समेत भएको बताएका हुन् ।

उनले भने, ‘ड्रागन बोट रेस फेस्टिभलले नेपालको सरकारी निकायहरु  र नेपालस्थित चिनियाँ राजदूतावासबीचको सशक्त सहकार्य र साझेदारीलाई प्रतिबिमित गरेको छ। यो  एउटा खेल मात्रै नभैइ सांस्कृति आदानप्रदनको लागि एउटा राम्रो मञ्च समेत हो । गहिरो मित्रता प्रदर्शन गर्ने फूल हो । नेपाललाई एक उत्कृष्ट अन्तर्राष्ट्रिय पर्यटकिय गन्तव्यको रुपमा प्रचार गर्ने महत्वपूर्ण कदम पनि हो ।’

साथै उनले गत वर्षहरुको भन्दा यो वर्ष फेस्टिभलमा बढि सहभागिता भएको खुसी लागेको समेत बताए । उनले यो फेस्टिभलले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा बढिरहेको बताए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ८ : ०२ बजे