Logo

मुख्य समाचार

राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरे



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन्।

आज सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति पौडेलले कार्टरको निधनप्रति शोक व्यक्त गर्दै शान्ति, मानव अधिकार र परोपकारमा उनको योगदान विश्वका लागि प्रेरणादायक रहेको बताएका छन्। उनले कार्टरको परिवार र अमेरिकी जनतासमेत प्रति समवेदनासमेत प्रकट गरेका छन्।

अमेरिकाका ३९औं राष्ट्रपति जिम्मी कार्टर १०० वर्षको उमेरमा आइतबार जर्जियाको प्लेन्स सहरस्थित आफ्नै घरमा होस्पिस केयरको दौरान निधन भएका हुन्। उनका पत्नी रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो।

८० को दशकमा कूटनीतिक कार्यहरूमा सक्रिय रहेका कार्टरले ९० को दशकमा गरिबका लागि घर निर्माण गरेका थिए। उनले नेपालमा पहिलो संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल भ्रमण गरेका थिए।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १२ : ४९ बजे