Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव: विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन



काठमाडौं, २९ डिसेम्बर: ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

 बैंकले यस कार्यक्रममा देशभरिका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई वित्तीय साक्षरता र बैंकिङ्ग सेवाका बारेमा जानकारी दिने छ।

पौष १८ गतेदेखि बैंकले आफ्नो १९औं वर्षमा प्रवेश गर्ने अवसरमा यस कार्यक्रमको आयोजना गर्नेछ। बैंकले प्रत्येक प्रदेशको शैक्षिक संस्थामा विद्यार्थीलाइ आधारभूत बैंकिङ्ग सेवा, डिजिटल बैंकिङ्ग, बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपाय लगायतका विषयमा सचेतना दिने छ।

ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमहरूको निरन्तरता दिँदै आएको छ। यसले समाजमा बैंकिङ्ग शिक्षा र जागरूकता फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

बैंक हाल ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत नेपालका सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ। यसका साथै, बैंकले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेको छ।

ग्लोबल आइएमई बैंक नेपालको सबै ७७ जिल्लामा शाखा सञ्जाल र १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ। यस बैंकले नेपाली नागरिकलाई रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा ग्राहकलाई सेवा पुर्याउँछ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : २० बजे