Logo

विश्व

‘अन्तर्राष्ट्रिय स्तरको प्राणी उद्यान निर्माण गर्न आवश्यक’



काठमाडौं । वन तथा वातारणमन्त्री ऐन बहादुर शाहीले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्राणी उद्यान निर्माण गर्न आवश्यक रहेको बताएका छन् । 

आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाको २९ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले अहिले बद्लिदो परिवेशमा नयाँ ढंगले र परिवेशअनुसार काम गरिहेको भन्दै चिडियाखानाको विकास र विस्तार गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरमा एउटा उत्कृष्ट रुपमा प्राणी उद्यान निर्माण आवश्यक रहेको बताएका हुन् ।

उनले भने,‘बद्लिदो परिवेशमा नयाँ ढंगले र परिवेशअनुसार काम गरिहेको अवस्था छ । अहिले प्रकृतिको जिम्मा लिने साथै जलवायु परिवर्तन र पर्यावरणको प्रभावलाई न्यूनीकरण गर्नेलगायतका कामहरु राष्ट्रिय प्रकृति संरक्षण कोषको जिम्मामा आएको छ । यो एउटा सफलता हो । चिडियाखानाको विकास र विस्तार गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरकै एउटा उत्कृष्ट रुपमा प्राणी उद्यानको आवश्यक छ ।’

उनले नेपाललाई प्रकृतिमय ,पर्यटनको आकर्षणको केन्द्र र समृिद्धका बाटाहरु अगाडि पहिल्याउनका लागि वनसँग धेरै नाता र सम्भावना जोडिएको बताए । जलवायु परिवर्तनको चुनौतीमा नेपाल रहेकाले त्योसँग जुध्न सबैले गरेका पहलकदमीलाई अब कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ ।

साथै उनले ललितपुर महानगरपालिकाबाट चिडियाखानाको व्यवस्थापनमा जुनसुकै अविभावकत्व प्राप्त भएको भन्दै अझ यसलाई थप पुँजीकृत गरी नगरपालिकाको हितलाई निरन्तर अगाडि बढाउनका लागि कोषको सम्पूर्ण टिमले पनि मेहेन गर्दै आएको बताए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ४ : ०७ बजे