Logo

मुख्य समाचार

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन पुस २० गते



काठमाडौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले पौष २० गते सातौं साधारण सभा तथा तेस्रो राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संघले काठमाडौंको भृकुटिमण्डपस्थित सभागृहमा गर्न लागेको जानकारी दिएको हो ।

कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने पनि महासंघले जनाएको छ ।

साथै संघले नेपाल राष्ट्रिय व्यवसायी महासंघको विधान २०७४ तथा नेपाल सरकारको निर्वाचन प्रणालीले निर्दिष्ट गरे बमोजिम नै निर्वाचन सम्बन्धी प्रकृया अघि बढाएको र सोही बमोजिम निर्वाचन कार्य सुसम्पन्न गर्न अधिवक्ता अर्जुन अर्यालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको जनाएको छ ।

निर्वाचन समितिले ९० पदका लागि उम्मेदवारी दिने मिति पुस १५ गते तोकेको छ भने अन्तिम उम्मेद्वारको नामावली प्रकाशन पुस १७  गते ३ः३०मा सार्वजनिक गर्ने जानकारी गराएको छ ।  

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ३ : ५४ बजे