Logo

मुख्य समाचार

प्रत्यायोजित विधायन समितिमा सम्पादन भएका कार्यहरुको पूनरावलोकनमा छलफल



काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सम्पादन भएका कार्यहरुको पूनरावलोकन सम्बन्धमा छलफल गरिएको  छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकले समितिबाट सम्पादन भएका कार्यहरुको पूनरावलोकन सम्बन्धमा छलफल गरेको हो । 

उक्त छलफलमा समिति सभापति माया प्रसाद शर्माले समितिमा आएका हरेक विधेयहरुको छलफल गर्नुपर्ने बताएका छन् । उनले विधेयकहरु हामी सबैको  जानकारीको  विषय हुने  भएकाले प्रत्यायोजित विधायन छलफल गनुपर्ने बताएका हुन् ।

उनले भने, ‘समितिमा आएका हरेक विधेयहरुको हामीले छलफल गर्नुपर्ने छ । साथै राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमा पनि छलफल गर्नुपर्ने छ । सबैको  सुझाव सल्लाहले मात्र प्रतिवेदन हामी पेस गर्ने हो । हामीले गर्नुपर्ने काम के –के छन् त्यो सबैको विषयमा छलफल गर्न जरुरी छ । विधेयक माथिको छलफलको कुरा छ यो  हाम्रो प्रत्यायोजित विधायनसँग एकदमै सम्बन्धित छ । हरेक विधेयकको बारेमा जानकारी लिनु हाम्रो अधिकारको कुरा हो ।’

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  २ : ०३ बजे