काठमाडौं । हस्पिटालिटी वर्ल्ड क्याम्पस, एकान्तकुना, ललितपुरले आज (२८ डिसेम्बर २०२४) खाना महोत्सव (Food Carnival) भव्यताका साथ सम्पन्न गरेको छ । महोत्सवमा क्याम्पसका विधार्थीहरुको अग्रसरतामा विभिन्न परिकारहरुको सजावट र स्वादले सहभागीहरुको मन जित्न सफल भएको हो ।
महोत्सवमा परम्परागत नेवारी खानाका परिकारदेखि अन्तर्राष्ट्रिय व्यञ्जनका ५ स्टलहरू समावेश थिए । आगन्तुकहरुले खानाका परिकारहरूको तयारी, स्वाद र पाककला सम्बन्धी वर्कशपहरूमा सहभागिता जनाएका थिए । महोत्सवमा सामाजिक प्रभावकर्ता, कलाकार, कलेजका बिधार्थी र सर्वसाधारण गरी करीब ५०० जनाको उपस्थिति रहेको थियो ।
महोत्सवमा समावेश अन्य कार्यक्रमहरूमा मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रम र विभिन्न खेलहरूको प्रतियोगिता पनि रहेको थियो। विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
हस्पिटालिटी वर्ल्ड क्याम्पसका प्रमुख कार्यकारी अधिकृत अमित राजका अनुसार, क्याम्पसले देशको पर्यटन क्षेत्रको विकास र युवाशक्तिलाई अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गर्ने उद्देश्य राखी शिक्षा र तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
उनले भने, ‘यो महोत्सव केवल खानाको उत्सव मात्र होइन, यसले समुदायलाई एकताबद्ध गर्नको लागि महत्वपूर्ण भूमिका निभाएको छ ।’
कार्यक्रमको समापन आगामी वर्ष अझ विविध परिकार र आकर्षणहरूसहित पुनः आयोजना गर्ने प्रतिवद्धतासँग गरिएको छ। हस्पिटालिटी वर्ल्ड क्याम्पसले महोत्सवको सफलतामा सहयोग गर्ने सबै प्रायोजक, विक्रेता, ललितपुर महानगरपालिका वडा नं १३, जिल्ला प्रहरी परिसर ललितपुर, संचारकर्मी र स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।
प्रतिक्रिया