Logo

समाचार

नेपाल स्वास्थ्य सम्मेलन सम्पन्न



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा भएको नेपाल स्वास्थ्य सम्मेलन समापन भएको छ ।

हिजो बिहीबारदेखि सुरु भएको सम्मेलनको उद्देश्य साझेदारी प्रवद्र्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतिबारे छलफल गर्नु हो ।

सम्मेलनले विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी प्रमुख चुनौतीहरूको समाधान खोज्न र संवाद गर्न सहज भएको विश्वास मन्त्रालयको छ ।

साथै सम्मेलनले प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालाहरूलाई नजिक ल्याई आपसी सिकाइ र दीर्घकालीन रणनीतिहरू निर्माण गर्न कोशेढुङ्गा सावित विश्वास गरिएको छ ।

सम्मेलनको अन्तिम दिन आज प्यानल छलफल गरेर समापन गरिएको थियो ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ८ : १६ बजे