काठमाडौं । नेपालको आधिकारिक संस्था नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालयको संयुक्त आयोजनामा युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को नवौं संस्करण शुक्रबारदेखि काठमाडौमा सुरु भएको छ ।
युनिग्लोब माध्यमिक विद्यालय कमलादीमा भइरहेको सम्मेलनमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत देशभरीका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले विभिन्न पाँच विधामा आफ्ना अनुसन्धान परियोजना प्रस्तुत गर्नेछन् ।
जसमा जीव विज्ञान, रासायनिक र पर्यावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ्ग र रोबोटिक्स, कम्प्यूटर विज्ञान र कृत्रिम बौद्घिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि जस्ता विषय समावेश रहेका छन् ।
परियोजनाको चयन गर्दा नवीन बैज्ञानिक प्रविधि र प्रयोगलाई आधार बनाइने जनाइएको छ । प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई ‘युवा वैज्ञानिक’उपाधिले सम्मानित गरिनुको साथै सिङ्गापुरमा आयोजना हुने १४औं एशिया प्यासिफिक कन्फेरेन्समा सहभागिता जनाउनका लागि आवेदन दिन योग्य मानिने युनिग्लोब माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश रेग्मीले बताए ।
उनले विद्यार्थीहरुको आइडियाहरुलाई साटासाट गर्नको लागि यस्तो कार्यक्रम हरेक वर्ष आयोजना गरिँदै आएको बताए । उनले कार्यक्रमले विभिन्न विधाहरुमा विद्यार्थीहरुले आफ्नो आडियाहरुलाई प्रतिस्पर्धाको रुपबाट प्रस्तुत गर्ने बताए ।
उनले भने, ‘विद्यार्थीहरुको आइडियाहरुलाई साटासाट गर्नको लागि कार्यक्रम हरेक वर्ष आयोजना गरिँदै आएको छ । यस्तो कार्यक्रम विभिन्न विधाहरुमा विद्यार्थीहरुले आफ्नो आडियाहरुलाई प्रतिस्पर्धाको रुपबाट प्रस्तुत गर्नेछन् । कक्षा ८ देखि १२ सम्म अध्ययनरत देशभरीका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले विभिन्न पाँच विधामा आफ्ना अनुसन्धान परियोजना प्रस्तुत गर्नेछन् । जसमा जीव विज्ञान, रसायनिक र पर्यावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ्ग र रोबोटिक्स, कम्प्यूटर विज्ञान र कृत्रिम बौद्घिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि जस्ता विषय समावेश रहेका छन् । परियोजनाको चयन गर्दा नवीन बैज्ञानिक प्रविधि र प्रयोगलाई आधार बनाइने छ । प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई ‘युवा वैज्ञानिक’उपाधिले सम्मानित गरिनुको साथै सिङ्गापुरमा आयोजना हुने १४औं एशिया प्यासिफिक कन्फेरेन्समा सहभागिता जनाउन पाउनेछन् ।’
सम्मेलनमा लगभग ४३ वटा विद्यालयको सहभागिता रहेको संयोजक जयराम घिमिरेले बताए । घिमिरेका अनुसार यस सम्मेलनमा दुईवटा अन्तर्राष्ट्रिय विद्यालको समेत सहभागिता रहेको छ । सिंगापुर र इन्डिया स्कुलले समेत अनलाइनबाट सहभागिता जनाएको छ ।
उनले भने, ‘सम्मेलनमा लगभग ४२ देखि ४३ वटा विद्यालयको सहभागिता छ । यसमा दुईवटा अन्तर्राष्ट्रिय विद्यालको समेत सहभागिता छ । तर उनीहरुलाई प्रतिस्पर्धाको रुपमा राखेका छैनौं । सिंगापुर र इन्डिया स्कुलले समेत अनलाइन भर्जनमा सहभागिता जनाएका छन् ।’
यसैगरी उक्त सम्मेलनमा काठमाडौं र काठमाडौं बाहिर गरेर लगभग तीनसय विदयार्थीको सहभागिता रहेको समेत घिमिरेले बताए । उनले पाँच प्रदेशका स्कुलहरुको सहभागिता रहेकोमा जसमा कर्णाली र मधेस प्रदेशको स्कुलहरुको सहभागिता नरहेको बताए ।
प्रतिस्पर्धामा हरेक सहभागीले पाँच मिनेटको मैखिक प्रस्तुतीकरण, पोस्टर प्रस्तुतीकरणका साथै आफ्नो प्रोजेक्टको संक्षिप्त एक मिनेटको भिडियो प्रस्तुत गर्नुपर्नेछ । प्रतिष्ठित नेपाली वैज्ञानिकहरूको मूल्याकंन समितिले प्रस्तावना, भिडियो क्लिप, पोस्टर र मौखिक प्रस्तुतीहरूको नवीनता र मौलिकताका आधारमा विजेता चयन गर्नेछ ।
प्रत्येक विधाका विजेतालाई युवा वैज्ञानिकको उपाधि, प्रमाणपत्र, पदक र नगद ५० हजार रुपैयाँसमेत प्रदान गर्नेछ । त्यस्तै, विजेताहरूलाई एसिया प्यासिफिक कन्फरेन्स अफ योङ्ग साइन्टिस्ट्स २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अवसर प्रदान गरिनेछ ।
यसबाहेक छानिएका युवा वैज्ञानिकहरुले नेपाल पोलिमर इन्स्टिच्युटको राष्ट्रिय अनुसन्धान समितिको सहयोग र बैज्ञानिक मार्गदर्शनमा बैज्ञानिक समुदायमा आफ्नो क्षमताविस्तार गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुसन्धान र नेटवर्किङमा पहुँच प्राप्त गर्न सक्नेछन ।
प्रतिक्रिया