Logo

समाचार

रोल्पाका ट्राफिक प्रहरी निरीक्षक घुससहित पक्राउ, विशेष अदालतमा आरोपपत्र दायर



रोल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय  रोल्पाका प्रमुख प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीलाई घुससहित पक्राउ गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल र सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले प्रहरी निरीक्षक बुढाथोकीलाई सेवाग्राहीबाट रु. २५,००० (पच्चीस हजार रुपैयाँ) घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो।

सूचना र उजुरीका आधारमा प्रहरीले बुढाथोकीलाई घुस लिएको आरोपमा पक्राउ गरेको हो। उनी सवारी साधनलाई आवत/जावत गर्न सहजीकरण गरिदिने भनि उक्त रकम मागेका थिए।

अख्तियारले बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गत भ्रष्टाचारको आरोपमा विशेष अदालत, काठमाडौंमा आज आरोपपत्र दायर गरेको छ। यसमा बिगो रकम रु. २५,००० कायम गर्दै उनलाई कैद र जरिवाना सजायको माग गरिएको छ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ३ : ५९ बजे