काठमाडौं । विभान्ता डेन्टल हस्पीटल प्रा.लि. र हिमाल डेन्टल हस्पीटल प्रा.लि. ले प्रभु बैंक लिमिटेडसँग विशेष छुट सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त सम्झौताअनुसार, बैंकका ग्राहक र कर्मचारीहरूलाई विभान्ता डेन्टल हस्पीटल र हिमाल डेन्टल हस्पीटलका दन्त सेवामा २० प्रतिशत छुट प्रदान गरिने छ।
सम्झौतामा प्रभु बैंकका ग्राहक र कर्मचारीका परिवारजनले २०% छुट पाउनेछन्। उक्त छुटको सुविधा विभान्ता डेन्टल हस्पीटल प्रा.लि. (कमलादी, काठमाडौं) र हिमाल डेन्टल हस्पीटल प्रा.लि. (धुम्बाराही, काठमाडौं) मा उपलब्ध हुनेछ।
सम्झौतामा विभान्ता डेन्टल हस्पीटल र हिमाल डेन्टल हस्पीटलका अध्यक्ष श्री राजेन्द्र प्रसाद भट्ट, प्रबन्ध निर्देशक किशोर भट्ट, प्रभु बैंकका चिफ मार्केटीङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणाले संयुक्त रूपमा हस्ताक्षर गरेका थिए।
प्रभु बैंक लिमिटेड, हालसालै “बैंक अफ द इयर २०२३” को उपाधि प्राप्त गर्ने एक अग्रणी बैंकको रूपमा परिचित छ। नेपालभर ३११ शाखा कार्यालयहरू, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टर मार्फत बैंकले ३५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवासुविधा प्रदान गर्दै आएको छ। बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै प्रतिस्पर्धात्मक रूपमा उच्च गुणस्तरीय सेवा प्रदान गर्दैछ।
यसैगरी, प्रभु बैंकले “फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्ड” पनि जितेको छ।
प्रतिक्रिया