Logo

मुख्य समाचार

नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख छ : मन्त्री पौडेल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन सुरु भएको छ । भोलि(शुक्रबार)सम्म जारी रहने सम्मेलनको उद्देश्य साझेदारी प्रवद्र्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतिबारे छलफल गर्नु हो ।

‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ शीर्षकमा उक्त सम्मेलनको उद्घाटन गरिएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संसारमा अरु देशले नगरेका उपलब्धिहरु स्वास्थ्य क्षेत्रमा कतिपय विषयहरु नेपालले गरिसकेको बताएका छन् । बिहीबार नेपाल हेल्थ कन्क्लेभ २०२४ को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले क्रमिक रुपमा नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख भइ अगाडि बढीरहेको बताएका हुन् ।

उनले भने ,‘स्वास्थ्य प्रणाली सुधारका निम्ती थुप्रै विषयहरु छन् । नेपालले संसारमा अरु देशले नगरेका उपलब्धिहरु कति विषयमा गरेको छ । क्रमिक रुपमा सुधारको बाटोतर्फ नेपालको स्वास्थ्य संस्था अगाडि बढिरहेको छ । तर नेपाली जनतालाई अनुभूति गर्नेगरी ,आम नेपालीलाई सेवा प्रदान गर्नेगरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सकिरहेका छैनौं ।’

यसैगरी उनले नेपालमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गर्नुपर्ने बताए । उनले स्वास्थ्य प्रणाली सुधारका लागि थुप्रै विषयहरु भएपनि नेपाली जनतालाई अनुभूति गर्नेगरी समस्याहरुको पहिचान गर्नुपर्ने बताए ।

उनले  भने, ‘स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गर्नुपर्छ । नेपाललाई  स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउन के कुराले समस्या गर्यो ? बाहिर रहेका नेपालीहरु यहीँ जन्मिनु भएको हो । यही प्राथमिक शिक्षा आर्जन गर्नु भएको हो । उहाँहरुको योग्यताको आधार र उत्कृष्ट क्षमता देखाइरहनु भएको छ । आफ्ने मातृभूमिप्रति अघात प्रेम समेटेर भावनामा बोकेर नेपाललाई योगदान गर्न कोसिस गरिरहनु भएको छ । त्यस आधारमा योग्यता, क्षमता र अनुभवले नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्नको निम्ती कसरी प्रयोग गर्न सकिन्छ ? नेपाललाई  स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउन के कुराले समस्या पुर्यायो ? फर्किएर नेपाल आउनका लागि के कुराले समस्या गर्यो ? प्राप्त गरेको  योग्यता र  अनुभवलाई नेपालमा प्रयोग गर्न के कुराले समस्या गरायो त्यो समस्या पहिचान गर्नुपर्छ ।’

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ११ : २८ बजे