Logo

Breaking News 1

हुम्लामा हिमपात



सिमकोट । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गए रातिदेखि हिमपात सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ ।

जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ९ : ५४ बजे