काठमाडौं । संघीय संसद अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दै छ । जसअनुसार,आज अर्थ, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समितिका बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छन् ।
बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफललाई निरन्तरता दिनुका साथै विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूचि छ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकपनि बिहान साढे १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै,बिहान ११ बजे सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिङ्गी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, पूर्वाधार विकास समितिको बैठकको समय तोकिएको छैन् । बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग दफावार छलफल गर्ने कार्यसूची छ ।
प्रतिक्रिया