Logo

अर्थ

आजका लागि विदेशी मुद्राको विनिमय दर



काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रूपैयाँ ३३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रूपैयाँ र बिक्रीदर एक सय ४१ रूपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रूपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रूपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रूपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ ३७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रूपैयाँ ५० पैसा र बिक्रीदर ८४ रूपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रूपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रूपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रूपैयाँ ९० पैसा र बिक्रीदर एक सय रूपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : ३५ बजे