Logo

Breaking News 1

घरधनीको हत्या गरि लाखौँको लुटपाट



काठमाडाैं । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेराको समूह पसेर निज घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट गरेका छन् ।

घरमा पत्नीसँग मात्रै बस्दै आएका घरधनी सुशीललाई सात/आठ जनाको समूहमा हातहतियारसहित आएका नकाबधारी लुटेराको समूहले आक्रमण गरी हत्या गरेको र घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र रू ८० हजार नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए । झाकी पत्नी सामान्य घाइते भएको जनाइएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १० : ४८ बजे